
काठमाडौं । कोरोना महामारीका कारण बन्द गरिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सञ्चालन गर्ने निर्णय भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्डले रोकिएको परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म गर्ने गरी परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार परीक्षा केन्द्र होम सेन्टर अर्थात् विद्यार्थीले पढेकै विद्यालयमा तोकिएको छ । गत वर्ष पनि १२ कक्षाको परीक्षा कोरोना महामारीकै कारण रोकिएको थियो । पछि पूर्णाङ्क घटाएर परीक्षा लिइएको थियो ।
यस वर्ष भने अघिल्लो वर्षझैँ विषयअनुसार पूर्णाङ्क घटाएरशतप्रतिशत पूर्णाङ्कमा परीक्षा लिइने बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षामा करिब ४ लाख परीक्षार्थी सहभागी हुने छन् ।
0 comments:
Post a Comment