माओवादीले थप मन्त्रीको नाम टुङ्गो लगाउँदै

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज (बुधबार) सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्गो लगाउने भएको छ ।

सरकारमा जाने थप मन्त्रीको नाम टुंगो लगाउन आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । बैठक दिउँदसो दुई बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।

विश्वासको मत पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद विस्तारको तयारीमा हुनुहुन्छ । माओवादी केन्द्रबाट सरकारमा क–कसलाई पठाउने भनेर छलफल चल्दै आएको छ । बारम्बार एकै व्यक्तिले मात्र अवसर पाउँदै आएको भन्दै विरोध भएपछि अहिले नयाँ अनुहारलाई प्राथमिकता दिने बताइएको छ ।

देउवा नेतृत्वको सरकारमा अहिले माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा मन्त्री छन् 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment