यसरी बन्दैछ दोस्रो लहरको कोरोना संक्रमणको हटस्पोट इलामको साँखेजुङ


इलाम, २३ असारः  कारोनाको दोस्रो लहरले देशैभरी गाँजेको बेला इलाम पनि अछुतो रहेन । इलाममा पनि अहिले सम्म कारोना संक्रमणको कारण धेरैले ज्यान गुमाई सकेका छन् । तर इलामको इलाम नगरपालिका १ साँखेजुङ भने यतिवेला कोरोनाको हटस्पोट बनेको छ । लगभग ५ हजार जनसंख्या रहेको साँखेजुङमा अहिलेसम्म ८५ जना कोरोना संक्रमित भइसकेका छन् । यसमा ४८ जना सक्रिय संक्रमित रहेका छन् । 

यो डाटा त नगरपालिकाले परिक्षण गरेर आएको डाटा मात्र हो तर यस वडामा परिक्षण नै नगरी घरमा बसेका संक्रममित र निको भएका संक्रमितहरुको संख्या पनि रहेको छ । कतिपय गाउँमा डर त्रासले पनि परिक्षण नगराई वसेको अवस्था रहेको छ । 

यसरी शुरुभयो कोरोना संक्रमण 

इलाम नगरपालिका एक साँखेजुङमा पहिलो संक्रमण साविक १ नम्बर वाडाबाट शुरुभयो पहिले यसलाई सामान्य रुपमा लिइयो, पछि गाउँका धेरै जना विरामी परे पछि परिक्षण गराईयो परिक्षण्मा धेरै जनाको कोरोना संक्रमण पोजेटीभ आयो ।  शुरुको संक्रमण नियन्त्रणमा आइसकेको थिएन इलामा लकडान खुकुलो भयो लकडाउन खुकुलो भए सँगै साँखेजुङमा रहेका चिया उद्योगहरु सञ्चालनमा आए उद्योग सञ्चालनमा आएसँगै कामदारहरुको भिडभाड बढन थाल्यो यसले कोरोना फेरी सक्रिय भयो । कोरोनाको पहिलो आक्रमण ग्रिनहील चिया उद्योगमा भयो उद्योग वन्द भयो तर अन्य उद्योगहरु सञ्चालनमा आइरहे यसले फेरी कोरोना राम्रोसँग सलबलाएको देखिन्छ । समरण रहोस इलाममको साँखेजुङमा १३ वटा चिया उद्योगले दैनिक १५ हजार वढी हरियो चिया पत्ति प्रशोधन गर्ने गर्दछन । उद्योगीले उद्योग बन्द गर्दा उद्योगी आँफैमात्र हैन किसान पनि मार्कामा पर्ने गर्दछन। साँखेजुङको मुख्य आयस्रोत नै चिया भएकाले यसमा स्थानीय सरकारले  कुनै चासो नदेखाए पछि लामो समयसम्म उद्योग बन्द हुन सकेनन । 

नियन्त्रणको प्रयास 

नियन्त्रणको प्रयास शुरुमा देखिएको संक्रमणमा जिल्लाभरीनै निशेधाज्ञाका कारण पूर्णरुपमा जिल्ला बन्द भएकोले वडा कार्यालयबाट खासै केही प्रयासहरु नगरिए पनि नियन्त्रणमा आयो । तर जव जिल्लमा लकडाउन खुकुलो भयो संक्रमण वढेर गयो । वडाले सूचना जारीगरेर साँखेजुङ शिल ग¥यो । तर वडाको सूचना सामाजि संजालहरुमा मात्र सिमित भयो यसको कुनै पालना वडावासीहरुले गरेनन । विश्व स्वास्थ्य संगठनले भनेको स्वास्थ्य मापदण्ड पनि पालना भएन । यसले गर्दा संक्रमणको ग्राफ फेरी वढेर गएको हो । कारोना नियन्त्रणमा सक्रिय रहेको जिल्ला प्रशासनपनि सहरमुखी भईदियो गाउँमा सामान्य रुघा सम्झीनाले पनि कोरोनाको ग्राफ बढेर गएको देखिन्छ । अझै पनि स्थानीय सरकारले उचित कदम नचाल्ने हो भने संक्रमणले भयाभह रुप लिने देखिन्छ  ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment