नेपालमा आउने भयो एक डोज लगाए पुग्ने अमेरिकामा बनेको कोरोना बिरुद्धको खोप

काठमाडौं । अमेरिकामा निर्मित कोरोना भाइरसबिरुद्धको खोप जोन्सन एण्ड जोन्सन साढे १५ लाख डोज भन्दा बढी नेपाल आउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप आयातका लागि अनुमति दिन औषधि व्यवस्था विभागलाई पत्राचारसमेत गरिसकेको बताइएको छ ।

उक्त खोप नेपालमा कोभ्याक्स सुविधा मार्फ आउने भएको हो । स्रोतका अनुसार यो खोप नेपालम १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउने छ । अन्य मुलुकमा बनेको कोरोना बिरुद्धको खोप दुई डोज लगाउनु पर्छ भने अमेरिकामा बनेको यो खोप एक डोज लगाए पुग्छ ।

यसअघि नेपापलमा चिन र भारतबाट कोरोना बिरुद्धको खोप नेपाल ल्याएर प्रयोगमा ल्याइएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment