जापानबाट दुई वटा विमानमार्फत् ८ लाख डोज अष्ट्राजेनेका खोप आउदै


काठमाडौं । जापान सरकारले अनुदानमा दिन लागेको कोरोनाविरुद्धको आठ लाख डोज खोप काठमाडौं आइपुग्ने भएको छ ।

काठमाडौंस्थित जापानी राजदूतावासका अनुसार शनिबार र आइतबार दुई पटकमा अष्ट्राजेनेकाको आठ लाख डोज खोप काठमाडौं आइपुग्ने भएको हो ।

जापानी राजदूतावासले जारी गरेको विज्ञप्ती अनुसार जापानबाट विहीबार र शुक्रबार गरी दुई टा विमान काठमाडौंका लागि उड्नेछन्, भने उक्त खोप क्रमशः शनिबार र आइतबार काठमाडौं आइपुग्नेछ ।

जापान सरकारले नेपाललाई १६ लाख डोज अष्ट्राजेनेका खोप दिन लागेको हो । बाँकी आठ लाख जोड खोप पछि आइपुग्ने राजदूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment