झापाको गौरीगञ्जमा खोला तर्ने क्रममा एक महिलाको मृत्यु

 


झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा खोला तर्ने क्रममा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खजुरगाछी बस्ने ६५ बर्षीया गंगा सुन्दास रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बुधबार बिहान ८ बजे गौरीगञ्ज ६ मा रहेको गेउरीया खोला तर्ने क्रममा लडेर सुन्दासको मृत्यु भएको थियो ।

उक्त घटनाको इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली खटिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment