इलाममा एकै दिन कोरोना संक्रमणको कारण ४ जनाको मृत्यु, थप ६४ जनामा संक्रमण


इलाम, २० साउनः इलामा दोस्रो लहरको कोरोना संक्रमण तिव्ररुपमा फैलिएको छ । इलाममा आज थप ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका ६४ जना संगै इलाममा संक्रमितको संख्या ३६७३ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेमा इलाम नगरपालिकाका १४ महिला १० पुरुष, सूर्योदय नगरपालिकामा ९ महिला ९ पुरुष, माई नगरपालिकामा ६ महिला ९पुरुष, देउमाई नगरपालिकमा ४ पुरुष, माइजोगमाई गाउँपालिकमा २ पुरुष र  फाकफोकथुम गाउँपालिकामा १ महिला रहेका छन् ।

थप चार जनाको मृत्यु 

इलामा आज थप दुई जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा   सूर्योदय नगरपालिका ३ की ६६ महिला, सूर्योदय नगरपालिका ४ की ५६ वर्षिय महिला, माइ नगरपालिका ५ का ५१ पुरुष र देउमाई नगरपालिका ४ का ८८ पुरुष रहेका छन् ।  इलाममा अहिले सम्म कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ८८९ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment