इलाम प्रहरीद्वारा गाँजा फडानी अभियान तिव्र

 


इलाम, २० साउनः इलाम प्रहरीले जिल्लाका बिभिन्न स्थानहरुमा गाँजाका बोटहरु फडानी गर्ने अभियान  तिव्र पारेकोछ । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठको निर्देशनमा त्यस कर्यालय मातहतका प्रहरी कार्यालयहरुले प्राकृतिक रुपमा कृषकको पाखाबारी तथा सार्वजनिक जग्गामा उम्रिएको गाँजाका बोटहरु नष्ट गर्ने अभियान  शुरु गरेका हुन । 

बुधबार इलाका प्रहरी कार्यालय पशुपतिनगर इलामबाट खटिएको प्रहरी निरीक्षकको टोलि र प्रहरी चौकी जिर्मले इलामबाट खटिएको प्रहरीले  रोङ गाउँपालिका ६ जौबारी स्थित बिभिन्न स्थानको पाखाबारी तथा सार्वजनिक जग्गामा उम्रिएको बाह्र सय वढी गाजाका बोटहरु फडानी गरी सोही स्थानमा जलाई नष्ट गरेको छ । नेपालमा गाँजा प्रतिवन्धित लागु औषध अन्तर्गत पर्ने गरेकोले देशका विभिन्न भागमा उम्रिएका गाँजाका बोटहरु फडानी गर्ने गरिएको छ । 

केहि दिन अधि पनि  इलाम प्रहरीले माईजोगमाई गाउँपालिका ३ गुप्ती स्थितमा गाजाका बोटहरु फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कर्यालय इलामका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी गराए  । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment