फेरि बढ्न थाले संक्रमित, पछिल्लो २४ घण्टामा ४१०७ जनामा कोरोना पुष्टि


काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार २९८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ९७५ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १३२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएका छन्, भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment