वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकामा मोटरसाईकल दुरघटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
ना ४ च ३४३२ नम्बरको पिकअप गाडीले ना २१ प १८३१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका करिब ७ बजे ठक्कर दिएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाटोल निवासी ३८ वर्षीय राजेशराम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गण्डकस्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय परवानीपुर जनाएको छ । घाइते अन्य दुई किशोरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
उता पिकअप चालक फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय परवानीपुरले जानकारी दिएको छ ।
0 comments:
Post a Comment