कालीगण्डकी नदीमा डुब्यो डोजर

 

मुस्ताङ । बेनी जोमसोम कोरोला सडक खण्ड अन्तर्गत घरपझोङ गाउँपालिका वडा नं – २ सामाग्रीमा रहेको कोशी एन्ड न्यौपाने जेबी कम्पनीको डोजर कालीगण्डकीले डुबाएको छ ।

काम गरिरहेको अवस्थामा अचानक डोजर अनियन्त्रित भइ खोलामा डुबेको प्रत्यक्षदर्शिले बताएका छन् । बेनी-जोमसोम -कोरोला सडकको चार नम्बर प्याकेज अन्तर्गत उक्त कम्पनीले कालीगण्डकीमा आरसिसी वाल निर्माणको काम गरिरहेको हो ।

कालीगण्डकीको बहाब कम भए लगत्तै कम्पनीले उक्त कामलाई तदारुकता देखाएको हो । डोजरले आरसीसी वाल निर्माणको लागि फाउन्डेसन खनिरहेको चालक नेत्रबहादुर माझिले बताउनु भयो । माझिका अनुसार काम गर्दागर्दै डोजर अन्यन्त्रित भएको हो ।

यतिबेला बा २ क ३८८१ नम्बरको डोजर कालीगण्डकी डुबानमा परेको छ । कम्पनीले उक्त डोजर भाडामा लिएर काम गरिरहेको थियो । बिहान करिब ८ बजेतिर उक्त डोजर काम गर्ने शिलशिलामा खोलामा डुबेको हो ।

चालज माझिले डोजरलाइ डुवानमा पर्नबाट जोगाउन धेरै प्रयास गर्दा पनि नसकेपछि डोजरलाइ कालीगण्डकी नदिले करिब दश मिटर तलसम्म बगाएको थियो ।

न्यज२४नेपालबाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment