इलामा थप ४५ जनामा कोरोना संक्रमण, थप १ जनाको मृत्यु, संक्रमितको संख्या ५ हजार नग्यो


इलाम, ९ भाद्रः इलाममा दोस्रो चरणको कारोनाको लहर वढेसँगै संक्रमितको ग्राफ पनि वढेको छ । इलाममा संक्रमण मात्र हैन मृत्यु दर पनि वढेर गएको छ ।

इलामा आज थप ४५ जनामा संक्रमण भएको छ । यो संगै इलाममा संक्रमितको संख्या ५००८ पुगेको छ ।

 आज संक्रमण हुनेहरुमा सूर्योदय नगरपालिकामा ११ महिला र ११ पुरुष, इलाम नगरपालिकामा ६ महिला र ९ पुरुष, माइजोगमाई गाउँपालिका ३ महिला र २ पुरुष, चुलाचुली गाउँपालिका २ महिला र सन्दकपुर गाउँपालिकामा १ पुरुष रहेका छन् । 

इलामा आज थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा  सूर्योदय नगरपालिका ८ का ९५ वर्षिय पुरुष रहेका छन् । अहिले सम्म इलामा ११२ जनाको मृत्यु भई सकेको छ ।

 अहिले इलाममा ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment