देशभर तीन दिनसम्म भारी वर्षा हुने सम्भवना : जल तथा मौसम विज्ञान विभाग

काठमाडौं । देशभर तीन दिनसम्म भारी वर्षा हुने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज बिहीबार जारी गरेको एक विज्ञप्तिअनुसार विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन भारी वर्षा हुने विभागले जनाएको हो । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment