झापा जिल्ला सभापतिका लागि थेबे र कट्टेलको उम्मेदवारी

झापा । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो ।

जिल्लाबाट १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव थापाले जानकारी दिनुभयो ।

उहाँले दुई नेताले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको बताउनुभयो ।

“हामी वडादेखि नगर, जिल्ला र प्रदेश तहसम्म नै सहमति र सहकार्यमा नेतृत्व चयन गर्छौँ । यसको मुख्य आधार भनेको पार्टीको सङ्गठन बलियो बनाउन गरेको निष्ठा, त्याग र समर्पण हो”, उहाँले भन्नुभयो, “त्यो सम्भव नभए मात्र प्रतिस्पर्धा हुन्छ ।” जिल्ला सभापतिमा दुई कार्यकाल पूरा गर्नुभएका उहाँले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment