पहिरोले घर पुरिँदा १० वर्षीया बालिकाको मृत्यु

काठमाडौं । पाल्पामा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ । आईतबार बिहान वर्षासँगै आएको पहिरोले घर पुरिदा एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना रहेको प्रहरीको भनाइ छ ।

पहिरोले नारायण दर्जीको एक तले कच्ची घर पुरिएको थियो । स्थानीयको अनुसार नैना सुतिरहेको अवस्थामा पहिरोले किचेर गम्भीर अवस्थामा थिइन् । त्यसपछि उनलाई उपचारको लागि अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment