जीप दुर्घटना हुँदा चालकको मृत्यु, ११ जना यात्रु घाइते

  • मनिराज पाण्डे,

कालिकोट । कर्णाली करिडोर अन्तर्गत सान्नीत्रीवेणी–२ को आम्तडामा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

शान्तिघाटबाट तिजेगडाका लागि छुटेको क१ज ३२ नम्बरको जीप दुर्घटना हुँदा जीपका चालक बिक्रम गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त जीपमा यात्रा गरिरहेका ११ जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा राष्कोट ९ घर भएका नरपति लुवार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लुवार, र राष्कोट नगरपालिका वडानंं ७ का कमलराज शाही रहेका छन् ।

त्यस्तै सान्नि त्रिवेणी गाउपालिका–६ का बदे संज्याल, रन्त प्रसाद संज्याल, सुन्दर संज्याल, तिलक प्रसाद संज्याल, र पँचालझरना गाउँपालिका–९ की अनिता शाही रहेका छन् ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । अन्य ६ जनाको अवस्था भने समान्य रहेको छ । घाइतेहरुको उद्दारका लागि हेलिकप्टर माग गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment