नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।

आईतबार पहिलो पल्ट बसेको पार्टीको संसदीय दलको बैठकले अध्यक्षसमेत रहेका नेपाललाई दलको नेता चयन गरेको हो ।

त्यस्तै बैठकले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको बताइएको छ । नवगठित नेकपा (एकीकृत समाजवादी) गत बुधबार आधिकारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको थियो । (नेकपा) एमालेका १५४ सांसद मध्ये २९ जनाले दल दर्ताका क्रममा सनाखत गरेका थिए । जसमा ७ प्रतिनिधिसभा सदस्य रहेका छन् ।

उता स्थानीय र प्रदेश तर्फका प्रतिनिधिहरुका लागि पार्टी रोज्ने समय २१ दिन रहेको छ । आयोगको विधानमा दल विभाजन भएमा प्रतिनिधिहरुलाई दल दर्ता भएको २१ दिनसम्म दल रोज्ने समय दिइने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment