हामी काबुल एयरपोर्ट नियन्त्रण लिन तयार छौं : तालिवान

एजेन्सी । तालिवानले आफूहरुसंग प्राविधिक ज्ञान र इन्जिनियर छ भन्दै अमेरिकी सेना काबुल एयरपोर्टबाट बाहिर निस्कने बित्तिकै एयरपोर्ट नियन्त्रण लिने बताएको छ ।

एक तालिवान अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई भने, हामी अमेरिकाबाट अन्तिम स्वीकृतिको लागि पर्खिरहेका छौं, हामी अनुमोदन प्राप्त हुने बित्तिकै पूर्ण नियन्त्रण सुनिश्चित गर्नेछौं।

अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेनालाई निश्चित समय सीमा अर्थात अगस्त ३१ सम्म फिर्ता लिने जनाइसकेको छ। तालिवानका प्रवक्ताका अनुसार उनी आगामी केही दिनमा अफगानिस्तानमा नयाँ सरकार घोषणा गर्ने अपेक्षा गर्छन्।

प्रवक्ता जबीहुल्लाह मुजाहिदले स्वीकार गरे कि तालिवानले काबुल कब्जा गरेको अचानकू थियो जुन अपेक्षितू थिएन।

उनले भने ‘सरकार गठनमा केहि कठिनाइहरु छन् तर यसमा छलफल जारी छ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment