इलामा थप ५९ जनामा कोरोना संक्रमण, थप २ संक्रमितको मृत्यु


इलाम, १३ भाद्रः इलाममा दोस्रो चरणको कारोनाको लहर वढेसँगै संक्रमितको ग्राफ पनि वढेको छ । इलाममा संक्रमण मात्र हैन मृत्यु दर पनि वढेर गएको छ ।

इलामा आज थप ५९ जनामा संक्रमण भएको छ । यो संगै इलाममा संक्रमितको संख्या ५०९४ पुगेको छ ।

 आज संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ८ महिला र १२ पुरुष, माई नगरपालिकामा ५ महिला र ७ पुरुष, सन्दकपुर गाउँपालिकामा ४ महिला र ३ पुरुष, सूर्योदय नगरपालिकामा २ महिला र ४ पुरुष, रोङ गाउँपालिकामा ३ महिला र ३ पुरुष, माइजोगमाई गाउँपालिकामा २ महिला र २ पुरुष, देउमाई नगरपालिकामा २ महिला र १ पुरुष र चुलाचुली गाउँपालिकामा १ महिला रहेका छन् । 

इलामा आज थप २ जनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिकका २ की ४५ महिला र इलाम नगरपालिकामा ५ का ४८ वर्षिय पुरुष रहेका छन् । अहिले सम्म इलामा ११६ जनाको मृत्यु भई सकेको छ ।

अहिले इलाममा ७३३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment