कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई आजदेखि अस्ट्राजेनिका खोप दिइने

काठमाडौं । आजदेखि (सोमबार) देखि कोरोविरुद्धको अस्ट्राजेनिका खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगत खोप महाशाखाले भुटानबाट खोप आइसकेकाले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिएको छ । खोप कार्यक्रमका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ ।

मन्त्रालयका अनुसार भुटान र जापानबाट ल्याइएको अस्ट्राजेनिका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइनेछ ।

चैतमा अक्सफोर्ड अस्ट्राजेनिकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो ।

सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment