कर्णालीका एमाले नेताहरू ओली निवासमा, एकताको अन्यौल लामो नराख्न सुझाव

 

काठमाडाैँ । नेकपा एमाले कर्णाली प्रदेश अन्तर्गतका सबै जिल्लाका अध्यक्षहरू पार्टी एकतामा देखिएको अन्यौल चिर्नुपर्नेमा एकमत भएका छन् । उनीहरूले पार्टी एकतामा अन्याैल लामाे समयसम्म कायम  नराख्न भन्दै पार्टी अध्यक्ष केपी ओलीसँग सामुहिक भेट गरेका छन् ।

ओली निवासमा भएकाे भेटका क्रममा अध्यक्ष ओलीले अब छिटै अन्यौल च्यातिने बताएकाे भेटमा सहभागी एक नेताले जानकारी दिए  । उनका अनुसार नेकपा एमाले कुनै व्यक्ति विशेषका निम्ति गठन भएको पार्टी हैन भन्दै अध्यक्ष ओलीले जो आन्दोलनमा जनताका निम्ति जोडिन्छ त्यो नै नेता भएको बताए ।  आन्दोलनलाई धोका दिनेहर आफैँ सिधिने समेत ओलीले बताएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment