लोकसेवाको कुनै पनि परीक्षाहरु नरोकिने

 

काठमाडौं । लोकसेवा आयोगका परीक्षाहरु नरोकिने भएका छन् । कोरोना भाइसरको महामारी बढ्दो अवस्थालाई मध्यनजर गर्दै सरकारले कक्षा १२ को परीक्षा रोकेको भएपनि लोकसेवाको परीक्षा भने नरोकिने भएको हो ।

लोकसेवा आयोगले तालिका प्रकाशन भइसकेकोले उक्त परीक्षाहरु निर्धारित समयमै हुने जनाएको छ । कतिपय परीक्षाहरु संचालनमै रहेकोले त्यसले निरन्तरता पाउने र बाँकी परीक्षाहरु पनि निर्धारित समयमै हुने आयोगको भनाइ छ ।

लोकसेवा आयोगका अनुसार आ व २०७६\०७७ र आ.व. २०७७\०७८ मा खुलाइएको बिज्ञापनको परीक्षा गराइरहेको छ । उक्त बिज्ञापनका परीक्षाहरु साउन १५ गतेदेखि असोज २३ गतेसम्म सन्चालन गर्न तालिका निकालेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment