इलामको माईमा ठ्याउरे खोला फ्याउरे सिचाई योजनाको पहिलो चरणको निर्माण सम्पन्न


इलाम, ५ भाद्रः इलामको नगरपालिका वडा ६,७ र ८ को ११५० हेक्टर सिचाई योग्य जमिनमा सिचाइ सुविधा पुर्‍याउने उदेश्यले निर्माण शुरु भएको ठ्याउरे खोला फ्याउरे सिचाई योजनाको पहिलो चरणको निर्माण सम्पन्न भएको छ । 

शुक्रबार महमाईमा आयोजित कार्यक्रममा निर्माण उपभोक्ता समितिलाई योजना हस्तान्तरण गरियो । योजनाको जम्मा २४ किलोमिटर मध्ये हाल साढे ५ किलोमिटर खण्डमा पानी संचालन भएको छ । आर्थिक वार्ष  २०७३÷७४ मा एपेक्स सफल जे भीले निर्माण जिम्मा पाएको थियो । १५ करोड तीान लाखमा सम्झौता भएपनि डिजाईन परिवर्तन हुदा भेरिएसन भई जम्मा १६ करोड ९१ लाखमा योजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएकोे ईञ्जिनियर पुरुषोत्तम शाहले जानकारी दिनुभयो । 


डिजाईन परिवर्तन , चण्डालघाटमा पुल ढिलो निर्माण भएको र कोरोना महामारीबीच गत आर्थिक वर्षदेखि निर्माणले तिब्रता लिएको निर्माण व्यवसायि टंक गजुरेलले बताउनुभयो । ढिलै भएपनि योजना निर्माण भएको र सिचाई भएमा माई नगरका तीन वडामा हिउदे बाली लगाउन किसानलाई फाईदा पुग्ने नगर प्रमुख दिपक थेवेले बताउनुभयो । 

प्रदेश सभा सदस्य धिरेन शर्मा रमणले आयोजनाको बाकी काम समयमै सम्पन्न गर्न पहल गरिने बताउनुभयो । निर्माण उपभोक्ता समितिका अध्यक्ष देविभक्त कुमालको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका सदस्य नगेन्द्र कुमाल , प्रदेश १ भौतिक तगा पुर्वाधार विकास मन्त्रालयका जलश्रोत तथा उर्जा विकास महाशाखा प्रमुख रमेश प्रसाद पौडेल , सिचाई विकास डिभिजन इलामका डि ई रामनारायण श्रेष्ठ , दिपक सेन्च्युुरी समेतले माई नगरपालिकाको विकासमा ठ्याउरे खोला फ्याउरे सिचाई योजना कोसेढुंगा हुने बताउनु भयो । प्रदेश सभा सदस्य समेतको टोलीले निर्माण सम्पन्न आयोजनाको हेड वर्क्स सम्म स्थलगत अनुगमन गरेको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment