पाँचथरमा भिरबाट लडेर एक वृद्धको मृत्यु

पाँचथर । पाँचथरमा भिरबाट लडेर एक जना वृद्धको ज्यान गएको छ । उनी गोरेटो बाटोबाट खसेर झन्डै एक सय मिटर तल पुगेको छ ।

लडेर मृत्यु हुने उनी फिदिम नगरपालिका ८ घलेगाँउका ६५ वर्षीय पदमबहादुर राई रहेका छन् । मलामी गएका उनको फिदिम १४ बाँसबोटेको भिरबाट लडेर मृत्यु भएको हो ।

अबेरसम्म घर नआएपछि खोजी गर्ने क्रममा उनका छोराले मंगलवार मृत अवस्थामा फेला पारेका हुन्। गोरेटो बाटोबाट झन्डै एक सय मिटर तल मृत अवस्थामा राईलाई भेटिएको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment