इलामा आज थप ४ जनाको कोरोना संक्रमणको कारण मृत्यु, थप ५९ जनामा संक्रमण


इलाम, ८ भाद्रः इलाममा दोस्रो चरणको कारोनाको लहर वढेसँगै संक्रमितको ग्राफ पनि वढेको छ । इलाममा संक्रमण मात्र हैन मृत्यु दर पनि वढेर गएको छ । इलामा आज एकै दिन ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा माई नगरपालिका ५ की ३४ वर्षिय महिला र ६२ पुरुष, इलाम नगरपालिका १ का ५३ वर्षिय पुरुष र  देउमाई नगरपालिका ७ की ५५ वर्षिय महिला रहेका छन् । 

अहिले सम्म इलामा १०८ जनाको मृत्यु भई सकेको छ ।

इलामा आज थप ५९ जनामा संक्रमण भएको छ । आज संक्रमण हुनेहरुमा माई नगरपालिकामा १२ महिला र ७ पुरुष, सूर्योदय नगरपालिकामा ३ महिला र ११ पुरुष, इलाम नगरपालिका ५ महिला र ८ पुरुष, देउमाई नगरपालिका ७ महिला ५ पुरुष र माइजोगमाई गाउँपालिकामा १ पुरुष रहेका छन् । 

इलामा अहिले सम्म ४८९६ जनामा कोरोना संक्रमण भई सकेको छ । अहिले इलाममा ८८२ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment