मुलुकभर थप ३०४२ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६५४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ५३० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७९ जना र ७ हजार १२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२४४ जना कोरोनामुक्त भए, २६ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २४४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १७ हजार ६५४ जनाको पीसीआर(एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४२ लाख ३७ हजार ६५५ जनाको पीसीआर(एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता