इलामा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु, थप ३१ जनामा कोरोना संक्रमण


इलाम, ४ भदौँः कोरोनाको दोस्रो लहर वढे सँगै इलाममा पनि संक्रमितको ग्रफ वढेको छ यो सँगै मृत्युदर पनि वढेर गएको छ । आज इलाममा थप २ जनाको मृत्यु भएको छ आज मृत्यु हुनेहरुमा चुलाचुली गाउँपालिमा १ जना र रोङ गाउँपालिकामा १ जना रहेका छन् । इलाममा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १०३ जना पुगेको छ । 

त्यस्तै इलाममा आज ३१ संक्रमित थपिएका छन् । आज संक्रमित हुनेहरुमा चुलाचुली गाउँपालिकामा ६ महिला र ५ पुरुष, इलाम नगरपालिकामा ५ पुरुष, सूर्योदय नगरपालिकामा २ महिला र ३ पुरुष, माई नगरपालिकामा १ महिला र २ पुरुष,  देउमाई नगरपालिका १ महिला र २ पुरुष, माइजोगमाई गाउँपालिकामा २ पुरुष,  फाकफोकथुम गाउँपालिकामा १ पुरुष र रोङ गाउँपालिकामा १ पुरुष रहेका छन् । 

इलामा ९५१ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment