मोटरसाईकल चोरीको आरोपमा एकजना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले माटरसाईकल चारेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लास्थित कोहल्वी नगरपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय जित बहादुर चौधरी रहेका छन् ।

पर्साको धोबीनी गाउँपालिका ।वडा नं.४ बस्ने वर्ष २३ को गौरभ पटेलको प्र.२– ०३– ००८ प ७१३६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकललाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीस्थित प्रभु अस्पताल अगाडि खाली ठाउँमा पार्किङ गरी राखिएको अवस्थामा मास्टर साँचो बनाई मोटरसाईकलको लक खोल्दै गर्दा वीरगञ्ज प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले गस्ती गरिरहेको बेला उनलाई रंगेहात प्रकाउ गरेको हो ।साथै चोरीको क्रममा प्रयोग गरिएको ग.९ प ६६५९ नम्बरको २२० सीसीको पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

अभियूक्त जित बहादुरमाथि चोरी सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको र चोरी कसूरमा संलग्न रहेको अर्को व्यक्ति घट्नास्थलबाटै फरार भएकोले निजकोे खोजतलास तिव्र रुपमा भइरहेको प्रहरी प्रवक्ता तथा डिएसपी खनालले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment