पहिरोमा पुरिएर एक जनाको ज्यान गयो

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ ।

पाणिनी गाउँपालिका–५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षका मानबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भयो ।

स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा हिजो बेलुका ५ बजेतिर घर माथिबाट आएको पहिरोमा पुरिनु भएको हो ।

न्युज२४ नेपालबाट साभार



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment