बाबुले हानेकाे बन्दुक लागेर छोराको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा एक बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–६ तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार बेलुकी अन्दाजी ६ बजे तिर ५६ वर्षीय कर्णबहादुर लम्तरीले भरूवा भन्दुकले मकै बारीमा आएको स्याललाई हानेको बन्दुकको छर्राले अचानक घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका छोराको टाउकोमा लाग्न गई मृत्यु भएको जिल्ला प्रहरि कार्यालय पाल्पा सुचना अधिकारी डि.एस.पी रामेश्वर त्वातीले जानकारी दिए ।

बाबुलाई बन्दुक सहित नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment