अफिमसहित ६९ वर्षीय एक वृद्ध पक्राउ

संखुवासभा । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाइँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाइँलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताउनुभयो । प्रहरी टोलीले चापागाइँकाे घरमा लुकाएर राखिएको २०४ ग्राम अफिम फेला पारेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment