कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने


काठमाडौं । आगामी भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको नेपाली कांग्रेसको महाधिवेशन झण्डै तीन महिना पछाडि सरेको छ । शनिबार (आज) बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि झण्डै तीन महिनापछि महाधिवेशनको अर्को मिति तोकिएको हो । पार्टीको वैधानिकता खारेज हुने भएकाको कारण महाधिवेशनको प्रक्रिया कांग्रेसले भदौ १८ देखि नै सुरु गर्ने बताइएको छ ।

केन्द्रीय समिति बैठकको निर्णय अनुसार आगामी भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै, कांग्रेसको कार्यतालिका अनुसार भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिइने भएको छ ।

यता वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते तोकिएको छ ।
त्यस्तै, कार्यतालिकामा जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment