अन्य पार्टीले साथ नदिँदा प्रदेश १ को नामाकरण भएन, अब हुन्छ : निवर्तमान मुख्यमन्त्री राई

 

काठमाडौं । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा प्रदेशको नामाकरण गर्न नसकेकोमा दुःख व्यक्त गरे । शुक्रबार राजीनापछि पत्रकारहरुसँग कुराकानी गर्दै आफ्नो कार्यकालमा प्रदेशको नामाकरण गर्न नसक्दा दुःख व्यक्त गर्दै अब छिट्टै प्रदेशको नामाकरण अघि बढाउने बताए ।

उनले भने, ‘मलाई एउटै मात्र अपसोच छ कि म बहाल रहेको बेलामा प्रदेशले नाम पाएन तर छिट्टै प्रदेश नामकरणको प्रक्रिया अगाडि बढाउँछौँ, प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरेर नामकरण टुङ्ग्याउने विश्वास दिलाउँछौँ ।’

आफ्नो अक्षमताले प्रदेशकोे नामाकरण भएन भन्ने प्रश्नमा उनले त्यो गलत रहेको पनि बताए । आफू पदमा रहँदा प्रदेशको नामाकरण गर्दा अनेकौँ प्रयास गरेपनि अन्य पार्टीहरुले साथ नदिएको उनको आरोप छ ।

यसैगरी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका भीम आचार्य आफ्नै प्रस्तावमा मुख्यमन्त्री बनेको बताएका छन् । उनले भने, ‘मेरो प्रस्तावमा भीम आचार्य प्रदेशको मुख्यमन्त्री हुनु भएको हो’राईले भने,‘सुरुदेखि अन्तिमसँग उहाँलाई बहाल गर्न मेरो सहभागिता छ।’

आचार्यलाई मुख्यमन्त्री बनाउँदा आफूले मौका र अवसर पाएको पनि उनले बताए । उनले भने, ‘आचार्यलाई प्रदेशको मुख्यमन्त्री बनाउन मौका र अवसर पाएको छु। सितिमिति मान्छेलाई यस्तो मौका र अवसर मिल्दैन ।’

पार्टीभित्रको अन्र्तकलहका कारण क्षति नहोस भनेर आफूले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको पनि अन्तमा बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment