प्रदेश १ मा एमाले छाडेका १० सांसद अब बने नेकपा (एस)

 

विराटनगर । नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका प्रदेश नम्बर १ का १० सांसद अब माधवन नेपाल नेतृत्वको नेकपा (एस) का रुपमा रहने भएका छन् । शुक्रबार प्रदेशस्थित निर्वाचन आयोगले एमाले छाडेका १० सांसदले नेकपा (एस) गरेको सनाखतलाई मान्यता दिएको ।

आयोगका अनुसार सांसदहरु राजन राई, खिनु लङ्वा (लिम्बू), पदम कुमारी गुरुङ, गणेशबहादुर कामवाङ, सुनिताकुमारी चौधरी, साबित्रा कुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्रप्रसाद घिमिरे र राजेन्द्रकुमार राई नेकपा एमाले नरहेर अब नेकपा (एस) रहने भएका छन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ को उपदफा २ (क) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन २०७८) को नियम ५ र नियम ७ (क) बमोजिम नेकपा एमालेबाट नेकपा (एस) मा प्रवेश गर्नका लागि निर्वाचन कार्यालयमा सनाखत गरेका ती १० सदस्यका हकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८० को दफा ३३ (२ क) बमोजिम दल त्याग गरेको नमानिने भएको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment