चीनको एक कारखनामा भएको आगलागीमा छ जनाको मृत्यु

एजेन्सी । पूर्वी चीनको एक कारखानामा शुक्रबार साँझ भएको आगलागीमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको छ ।

स्थानीय सञ्चारमाध्यमले सो आगलागीमा परेर छ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् ।

पूर्वीचीनको जेङ चियाङ प्रान्तमा रहेको एक कारखानामा सो दुर्घटना भएको समाचारमा जनाइएको छ । शुक्रबार अपराह्न ४ बजे सो दुर्घटना भएको यहाँका स्थानीय अधिकारीले जनाएका छन् ।

कारखानामा आगलागी भएपछि यसका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो आगलागीको कारण भने थाहा हुन नसकेको र यस विषयमा अनुसन्धान जारी रहेको अधिकारीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment