हायस दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ बरबोटमा माइक्रो बस (हायस) दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का सन्जय बिक रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको बा३ख ८६३९ नम्बरको हायस बिहान ५ बजेतिर शीतगंगा–३ को आर्मी ब्यारेक नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेर २ जना गम्भीर घाइते भएका छन् । गाडीमा चालक, सहचालकसहित १३ जना यात्रु सवार रहेको बताइएको छ ।

गम्भीर घाइते २ जनासहित अन्य ५ जना घाइतेको प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि रुपन्देहीको भैरहभा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले जानकारी दिए । हायस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment