इलाममा थप ९ जनामा कोरोना संक्रमण, एक संक्रमितको मृत्यु, मृतकको संख्या १२० पुग्यो


इलाम, १९ भाद्रः इलाममा कोरोना संक्रमणको दोस्रो लहर अझै नियन्त्रण भएको छैन । दोस्रो लहरको संक्रमणमा मृत्यु हुनेको संख्या पनि वढेको छ । 

इलामा आज थप ९ जनामा कोरोना संक्रमण भएको छ । ९ जना थपिए सँगै इलामा संक्रमितको संख्या ५२१९ पुगेको छ । 

इलामा आज थपिने संक्रमितहरुमा माई नगरपालिकामा ५ महिला र २ पुरुष, इलाम नगरपालिकामा १ पुरुष र फाकफोकथुम गाउँपालिकामा १ पुरुष रहेका छन् ।

यस्तै इलामा आज एक संक्रमितको मृत्यु भएको छ । इलामा अहिले सम्म कोरोना संक्रमणको कारण १२० जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ४३२ जना सक्रिय संक्रमित रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment