१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकद्वार इलाममा स्थलगत निरीक्षण


इलाम, १४ असोजः प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको बिहीबार निरीक्षण तथा अनुगमन गर्नुभएको छ  । 

बिसीले नजिकिदै गरेको प्रमुख चाड पर्बहरुलाई मध्यनजर गरी सुरक्षा संबेदनशिलतालाई ध्यानमा राखी बिशेष सुरक्षा सम्बन्धी निर्देशन दिनुको साथै शान्ती सुब्यबस्थालाई ख्याल गरेर सामान्य अबस्थामा भन्दा थप शसक्त एवं प्रभावकारी ढंगले जनशक्ती परिचालन गर्न समेत निर्देशन दिनुभएको छ । 

विसीले इलाममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु संग समेत छलफल तथा अन्तरकृया गर्नुभएको छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment