कोभिडका कारण गन्ध हराएका बिरामीलाई भिटामिन ‘ए’ प्रभावकारी हुने

 

एजेन्सी । कोभिडका कारण गन्ध हराउने लक्षणको उपचारमा नाकमा हाल्ने भिटामिन ‘ए’ को थोपा प्रभावकारी हुने वेलायती अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इस्ट एंगिला विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यस्तो दाबी गरेका हुन् ।

यस बारेमा अनुसन्धानकर्ताहरुले १२ साता लामो परीक्षण गरिरहेका छन् । परीक्षणकै क्रममा गन्ध थाहा नपाएका केही बिरामीलाई उपचार गरिने भएको छ ।

बिरामीलाई गुलाफको फुल र कुहिएको अन्डाको गन्ध सुँध्न लगाइने छ । त्यसपछि भिटामिन एले गन्धसम्बन्धी नशालाई ठिक बनाएको वा नबनाएको निस्कर्ष निकालिनेछ ।

गन्ध थाहा पाउन सक्ने क्षमता हराउनु कोभिडको प्रमुख लक्षण हो । कोभिडका केही बिरामी लामो समयसम्म गन्धसम्बन्धी समस्याबाट पीडित छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment