इलाम, ४ असोजः कोरोनाको दोस्रोलहरको ग्राफ अझै इलाममा घटेको छैन । इलाममा आज थप १८ जनामा संक्रमण देखिएको छ । आज थपिएका १८ जना सँगै संक्रमितको संख्या ५५३६ पुगेको छ ।
आज संक्रमित हुनेहरुमा रोङ गाउँपालिकामा ५ महिला र ६ पुरुष, इलाम नगरपालिकामा १ महिला र ३ पुरुष र सूर्योदय नगरपालिकामा २ महिला र १ पुरुष रहेका छन् ।
इलाममा कोरोना संक्रमणको कारण १२५ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा २४७ जना सक्रिय संक्रमित रहेका छन् ।
0 comments:
Post a Comment