ठेकेदारको लापरवाहीले सवारी दुर्घटनाको जोखिम

विराटनगर । सडक ठेकेदार कम्पनीहरुबीच असमझदारी हुँदा कोशी राजमार्ग विराटनगरको बरगाछी चोक नजिकको करिब ५० मिटर सडक ७ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।

बरगाछी चोकदेखि उत्तर र दक्षिण दुबैतर्फ कालोपत्रे सडक निर्माण सम्पन्न भईसकेपनि दुई वटा ठेकेदार कम्पनीले ठेक्का लिएको मध्य भागको सडक भने खाल्डाखुल्डी हुँदा सवारी आवागमनमा समस्या हुनुका साथै ट्राफिक जामसमेत हुने गरेको छ ।

सडक बिग्रिएकाले सडक दुर्घटनाको जोखिम हुने ट्राफिक प्रहरीको चिन्ता छ । साथै, अस्तव्यस्त सडकका कारण दैनिक जीवन अस्तव्यस्त बनेको छ ।

बरगाछी चोकदेखि उत्तर एयरपोर्ट गेट सम्मको सडक कालोपत्रे गर्ने ठेक्का २०७० साल अषाढ २७ गते कंचनजंघा पिएस गिताञ्जली जेभीले पाएको थियो । नालीको काम भने एआईपिएल पप्पु जेभीले लिएको थियो ।

नालाको काम सम्पन्न भईसक्दा पनि कालोपत्रे गर्ने काम कंचनजंघा पिएस गिताञ्जलीले नगर्दा बरगाछी चोकको बाटो अझै निर्माण हुन सकेको छैन
। बाटो कालोपत्रे गर्न पटक पटक आग्रह गरिएको रानी विराटनगर इटहरी धरान सडक योजनाका इन्जिनियर उपेन्द्र दासले जानकारी दिए ।

२०७० सालमा निर्माण थालिएको भएपनि ठेकेदार कम्पनीहरुले अझैँसम्म काम सम्पन्न नगर्दा सो सडकखण्डको काम ९५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment