झापामा ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका दम्पतीको मृत्यु

झापा । झापाको अर्जुनधारामा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका एक दम्पतीको उपचारको क्रममा मृत्यु भएको छ ।

गत भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा भएको आगलागीमा परी अर्जुनधारा ७ पुष्पलाल मार्गका रोम खनाल, उनको श्रीमती दुर्गा खनाल र छोरा पकज खनाल घाइते भएका थिए ।

काठमाडाैँको किर्तिपुर अस्पतालमा उपचारका क्रममा खनाल दम्पतीको निधन भएको छिमेकी तथा सामाजिक अभियन्ता कमल पोख्रेलले जानकारी दिए ।

उनका अनुसार उपचारकै क्रममा सोमबार राति पाैने ८ बजे रोम खनालको निधन भएको थियो भने राति ११ः१५ बजे दुर्गा खनालको निधन भएको हो । छोरा पंकजको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

सामान्य अवस्थामा रहेका छोरा पंकजलाई अस्पतालले आज डिस्चार्ज दिने जानकारी आएको छिमेकी पोख्रेलले बताए । खनालको परिवारमा मृतक रोमका आमा, एक छोरा र एक छोरी छन् । उनीहरु अहिले छिमेकीको घरमा बसिरहेका छन् ।

यसैबीच, मृतक खनाल दम्पत्तिको काठमाडौँमै अन्त्येष्टि गरिने पारिवारिक सहमति भएको पनि पोख्रेलले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment