कोरोनाका कारण बन्द भएका सबै सीमा नाका खुला गर्ने सरकारको निर्णय

 

काठमाडौं । सरकारले सबै सीमा नाका खुला गर्ने निर्णय गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण बन्द भएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ ।


अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश जारी गरेको उनले जानकारी गराए । उक्त आदेशबाट प्रधानमन्त्री शेर बहादुर देउवाको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ ।

उक्त समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् । बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन–०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment