इलाममा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५६० पुग्यो


इलाम, ४ असोजः कोरोनाको दोस्रोलहरको ग्राफ अझै इलाममा घटेको छैन । इलाममा आज थप २४ जनामा संक्रमण देखिएको छ । आज थपिएका २४ जना सँगै संक्रमितको संख्या ५५६० पुगेको छ ।

आज संक्रमित हुनेहरुमा माई नगरपालिकामा ७ महिला र ३ पुरुष,  इलाम नगरपालिकामा ४ महिला र १ पुरुष र सूर्योदय नगरपालिकामा २ महिला र ३ पुरुष, देउमाई नगरपालिकामा २ महिला र १ पुरुष र चुलाचुलि गाउँपालिकामा १ जना पुरुष रहेका छन् । 

इलाममा कोरोना संक्रमणको कारण १२५ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा २४२ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment