पहिरोले घर पुरिँदा जुम्ल्याहा दिदी-बहिनीसहित ३ को मृत्यु

 

काठमाडौं । गुल्मीमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले पुरिएर गुल्मीको रेसुङ्गा नगरपालिका–८ का ३ को मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा एकै परिवारका दिदीबहिनी रहेका छन् ।

‘पहिरोमा पुरिएर एकै परिवारका जुम्ल्याहा दिदी-बहिनीसहित ३ को मृत्यु भएको छ। राति १२ बजेतिर आएको पहिरोले एकतले घरको कोठा पुरिएको थियो’ – प्रहरीले बतायो ।

मृतकहरुको सनाखतसमेत भइसकेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा स्थानीय तिलक नेपालका २ जुम्ल्याहा छोरीहरू १४ वर्षका गंगा–जमुना र २१ वर्षकी छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तैसँगै सुतेकी अर्की छोरीलाई भने तिलकले कोठाको सानो प्वालबाट तानेर निकालेको स्थानीयले बताएका छन् । मृतकहरुको शव निकाल्न राति नै नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment