पहिराले मुग्लिन-नौबिसे सडक अवरुद्ध

चितवन । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उहाँले बताउनभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment