रोङ गाउँपालिकाले एम्बुलेन्स खरिद गर्ने


रोङ, २४ भाद्र । इलामको रोङ गाउँपालिकाले एम्बुलेन्स खरिद गर्ने भएको छ । गाउँपालिकाबासीहरुलाई स्वास्थ्य संस्थमा सहज पहुँच पु¥याउनका लागि एम्बुलेन्स खरिद गरिने भएको हो । प्रदेश एकको सामाजिक विकास मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयमा एम्बुलेन्स खरिदका लागि गएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र देवले जानकारी दिए ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा एम्बुलेन्स खरिदका लागि साढे १० लाख रुपैया बजेट समेत विनियोजन गरेको छ । रोङ गाउँपालिका भरीमा सलकपुरमा निजि स्तरबाट एउटा एम्बुलेन्स संचालनमा छ । एम्बुलेन्स सेवा नहुँदा विरामीहरुले निजि यातायातमा अस्पतालसम्म पुग्नुपर्ने बाध्यता छ ।

हाल कोभिडको महामारीको समयमा कार्यालय प्रयोजन र जनप्रतिनिधि चढ्ने गाडीलाई बिरामी ओसार्न प्रयोग गरिदै आएको छ ।

लाेकल सन्देशबाट साभार


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment