लागुऔषध र नगद सहित एक जना पक्राउ

 


काठमाडौँ । काठमाडौँको नागढुंगाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही हरीवन नगरपालिका – ११ का २८ वर्षीय अलोक शाह रहेका छन् ।

जनकपुरबाट काठ्माडौँ तर्फ आउदै गरेको बा १ प.१३९० नम्बरको पर्यटकीय बस चेकजाँच गर्दा अलोक साथबाट लागु औषध फेला परेको थियो ।

उनको साथबाट औषधि जन्य लागुऔषध नाईट्राभेट २८२ ट्याबलेट नाईट्रोसन कोडिन २ बोटल र नगद नेपाली रुपैया रु ५५ हजार बरामद गरिएको महानगरीय प्रहरी बृत्तका स्रोतले बतायो ।

महानगरीय प्रहरी वृत्त थानकोटले उनलाई लागु औषध (नियन्त्रण) ऐन–२०३३ अनुसार अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment