इलाममा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३३१ पुग्यो


इलाम, २४ भाद्रः इलाममा कोरोना संक्रमणको दोस्रो लहर अझै नियन्त्रण भएको छैन । दोस्रो लहरको संक्रमणमा मृत्यु हुनेको संख्या पनि वढेको छ । 

इलामा आज थप १६ जनामा कोरोना संक्रमण भएको छ । आज १६ जना थपिए सँगै इलामा संक्रमितको संख्या ५३३१ पुगेको छ । 

इलामा आज थपिने संक्रमितहरुमा सूर्योदय नगरपालिकामा २ महिला र ३ पुरुष, इलाम नगरपालिकामा १ महिला र २ पुरुष, माई नगरपालिकामा १ महिला र २ पुरुष,  रोङ गाउँपालिकामा १ महिला,र १ पुरुष, माईजोगमाई गाउँपालिका १ महिला र १ पुरुष र चुलाचुली गाउँपालिकामा १ पुरुष, रहेका छन् ।

इलामा अहिले सम्म कोरोना संक्रमणको कारण १२२ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ३२२ जना सक्रिय संक्रमित रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment