आफुलाई पाथीभरा माता बताउने फेसबुके माताले देखाइन करामत

 

काठमाडौं । माताहरु पनि थरि थरिका देखिन थालेका छन् समाजमा । यी आधुनिक माताहरुको चर्तिकला देखेर धेरै भक्तजनहरु पनि हाललकायल भइसकेका छन् । धर्ममाथिको विश्वास अगाध श्रद्धाको सम्मान हो । हरेक मानिस धर्म मान्ने र स्वीकार्ने विषयमा स्वतन्त्र छन् । तर उनीहरुको यही विश्वास र आस्थाको फाइदा उठाउने पनि समाज बिभिन्न रुपमा देखिन थालेका छन् ।

विश्वास जब अन्धो हुन्छ तब मानिसले हरेक विषय, वस्तु र व्यक्तिमाथि निर्भर हुन पुग्छन । यस्तै अवस्था नेपालमा पनि बिभिन्न समयमा देखिन्छन् । बिभिन्न प्रलोभन देखाएर र प्रवचन दिएर लठ्याउने माताहरुको कमि समाजमा पटक्कै छैन् ।

यो कसैप्रतिको अनादर गरिएको होइन नत कसैको आस्थामाथि नै खेल्न खोजिएको हो । तर न्यूज २४ टेलिभिजनको हेल्पडेस्कमा आएको एउटा गुनासोको आधारमा हामीले एउटा रिपोर्ट तयार पारेका छौ । जस्ले समाजमा अरुको विश्वासमाथि खेलवाड गरेर विकृति फैल्याइरहेका छन् ।

उनी लक्ष्मी तामाङ (नाम परिवर्तन) । उनको शरीरमा घाउचोट लागेको छ । आइतबार न्युज २४ को हेल्प डेस्कमा उनले आफुमाथि एक समुहले कुटपीट गरेको गुनासो गरिन् । लक्ष्मीले हाम्रो हेल्प डेस्कमा काठमाडौँस्थित स्वयम्भू पाउँस्थित प्रहरी चौकीबाट कल गरेकी थिइन् । त्यसपछि सिधा कुरा टिम घटनाको बास्तविकता बुझन् हतार हतार स्वयम्भुपाउँस्थित प्रहरी चौकी पुग्यो । र, घटनाबारे जान्ने प्रयास ग-यौँ ।

शनिबार लक्ष्मीसहित केही छिमेकीहरु उनको दिदीको घरमा छोराको जन्मदिन मनाइरहेका रहेछन् । जन्मदिनको उनीहरुले फेसबुक लाइभ समेत गरिरहेका थिए । र, त्यसक्रममा उनीहरुले अनिल बमजनलाई देखाउँनु पर्छ भनेर फेसबुक लाइभमा बोलेका रहेछन् ।

त्यसपछि माता अनिल बमजनले फेसबुक मार्फत मेसेन्जरमा मेरो नाम किन लिएको भन्दै तथानाम गाली गलौज सहितको अडियो क्लिप पठाएको पीडितहरु बताउँछन् ।

माताको यो अडियो र कुटपीटको आरोप

यो अडियो रेकर्ड आफुलाई पाथीभरा माता भनेर चिनाउँने अनिल बमजनको हो । एक पटक फेरि यो अडियो सुन्नुहोस् त । त्यसको भोलिपल्ट अर्थात आईतबार माता अनिल बमजनले समूह लगाएर उनीहरुको घरमै पसेर कुटपीट ग-यो, यसरी ।लक्ष्मी र उनको छिमेकीले बताए अनुसार यो आक्रमण पाथीभरा माता भनेर चिनाउँने अनिल बमजनले गर्न लगाएका हुन् ।

बमजनको समुहले कुटपीट गरेपछि अहिले लक्ष्मीको शरीरमा चोटपटक र निलडाम मात्रै छ ।

माताको असलीयत खुलेपछि भक्तहरुप्रति प्रतिशोध

खासमा आफुहरु पहिले विश्वास गरेर माताको शरणमा परेको तर, माताको गलत असलीयत बारे थाहाँ पाएपछि टाडिन् खोज्दा माता बमजनले आफुहरुमाथि प्रतिशोघ साध्दै आएको पीडितहरु बताउँछन् । माताको नियत बारे पीडितहरु यस्तो बताउँछन् ।

पहिलो प्रयासमा मातासंग भेट असफल

लक्ष्मीको यस्तो अवस्था देखेपछि र पीडितहरुको गुनासो सुनेपछि माता बम्जनको थप वास्तविकता पत्ता लगाउँने जान्ने विचार ग¥यौैँ । र, सोमबार विहान सिधा कुरा टिम काठमाडौँको बुढानिकण्ठ पासिकोटस्थित माता अनिल बमजनको निवासमै पुग्यौँ । र, सुरु ग¥यौँ स्ट्रिङ अपरेशन ।

सोमबार हामी पनि भक्तजन बनेर त्यहाँ पुग्दा माता बमजन आफ्नो निवासमा थिईनन् । उनी काम विषेशले धादिङमा गएको उनको परिवारले बतायो ।

क्यामराको रेकर्ड डिलिट गर्न हप्कीदप्की

उनको बारेमा हामीले थप बझ्ने प्रयास गरिरहदाँ यो सबै हाम्रो क्यामेरामा रेकर्ड भईनै रहेका थियो । त्यो बेला पनि माता बम्जन प्रति आस्था राख्नेहरु त्यहाँ उपस्थित थिए । तर, त्यहाँ माता बम्जनलाई नभेटेपछि हामी भोलिपल्ट आउँछौँ भन्दै निस्कियौँ । तर, निस्किदैँ गर्दा सोही घरबाट एक जना व्यक्ति आएर एकाएक हाम्रो क्यामेरामा खिचेको भिडियो डिलिट गर भन्न थाले ।

माताको मुखारविन्दबाट गालीको बर्षा

तर, उक्त भिडियो हामीसँग सुरक्षित नै थियो । त्यसपछि फेरि मंगलबार हामीलाई बोलाइएको समय बिहान ९ बजेर ३० मिनेटमा झक्तजन बनेरै माता बम्जनलाई भेट्न उनकै निवासमा पुग्यौँ । त्यो बेला हामीले प्रहरीलाई पनि खबर गरेका थियौँ ।

त्यो बेला भने माता बम्जन आफ्नो निवासमा अन्य झत्तजनहरुलाई प्रवचन दिइरहेकी थिइन् । तर, हाम्रो टिमप्रति शंका पैदा भईसकेका हुनाले उनले हामीलाई भेट्न मानेनन् । तर, पनि हामी उनले प्रवचन दिइरहेको ठाउँमा गएर उनको प्रवचन सुन्यौँ । तर, उनको दिएको त्यो प्रवचनको शव्दै पिच्छै गालीमात्रै सुनिन्थयो ।

उनको प्रवचन अनुसाशन भन्दा निकै बाहिर र हल्का खालको सुनिन्थ्यो । तर, पनि उनीप्रति आस्था राख्नेहरुले उनको बोलेका कुरामा हो माथि हो थपिरहेका थिए ।

लक्ष्मीमाथि कुटपीटको माताद्वारा बचाउ

हामीमाथि पनि शंका रहेकाले उनले लक्ष्मीमाथि कुटपिटको घटनाबारे आफ्नो बचाउँ गर्न यसो भनिरहेकी थिइन् । तर, ५ वर्षको उमेरदेखि नै पाथीभरा माता आफुभित्र प्रवेश गरेको बताउँदै आएका माता बम्जनको अर्को रुप भने फरक छ ।

पीडितहरुले प्रहरी चौकीमा माता बम्जनविरुद्ध उजुरी पनि दिएका छन् । र, माता बम्जन आफुलाई राम्रो गरे मात्रै ठीक मान्ने तर, मतलव नै नगरे प्रतिशोधको भावना मात्रै राख्ने गर्र्दै आएको पीडितहरु बताउँछन् ।

समाजमा देखिएको यो शैली र प्रवृतिको निरुत्साहन आवश्यक भइसकेको छ । कसैलाई पनि सर्वसाधारणको विश्वास र आस्थामाथि खेलवाड गर्ने अधिकार पक्कै छैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment